लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कांग्रेस रूपन्देही सभापतिमा रामकृष्ण खाँण

IMG

२०७८ मङ्सिर १०,तिलोत्तमा सिटी। नेपाली काँग्रेस रुपन्देही सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत हुने निश्चित भएको छ । काँग्रेस स्रोतकाअनुसार बिहीबार संस्थापन र रामचन्द्र पौडेल पक्षबीच यसबारे सहमति जुटेको छ । खाँण हाल पार्टीको जिल्ला सचिव छन् ।वडादेखि गाउँ–नगर क्षेत्रसम्म दुुई पक्षबीच चुनावी प्रतिस्पर्धा भएको थियो । यस क्रममा पार्टी सभापति शेरबहादुर देउवा पक्षको कुुटपिटबाट काँग्रेस स्थानीय नेता शैलेसकुमार पन्त र दीर्घबहादुर केसी घाइते भएका थिए । यसपछि नेतृत्वको आलोचना भएको थियो ।दवावमा रहेका काँग्रेस केन्द्रिय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँणले जिल्ला नेतृत्वमा भने सहमति प्रयास सुरु गरेका थिए । बिहीबार पार्टीका नेता एवं गृहमन्त्री खाँण, सार्वजनिक लेखा समितिका सभापति समेत रहेका नेता भरतकुमार शाह, प्रतिनिधि सभा सदस्य समेत रहेका नेता प्रमोदकुमार यादव, जिल्ला सभापति अव्दुल रज्जाक, पूर्व सभापति रामचन्द्र ढकाल लगायतका नेताहरुले दिनभर छलफल गरेका थिए ।


छलफल पछि रामकृष्णलाई जिल्ला सभापति बनाउने र अन्य पदमा पनि सर्वसम्मत नेतृत्व चयन गर्ने सहमति भएको काँग्रेस स्रोतले बताएको छ । पार्टीको १४ औं महाधिवेशनको तालिका अनुसार शुक्रबार अर्थात् आज रुपन्देहीमा जिल्ला अधिवेशन हुँदैछ । नेताकार्यकर्ता कुटपिटमै उत्रिएपछि दवावमा परेका नेताहरुले सहमति गरेपछि रुपन्देहीमा पूर्ववतः घटना नदोहोरिने विश्वास गरिएको छ ।सहमति पछि जिल्लाका काँग्रेस कार्यकर्ता खुशी भएका छन् । सभापतिमा सर्वसम्मत भएका रामकृष्ण गृहमन्त्री खाँणका आफ्नै भाइ हुन् । बाहिर सर्वसम्मतीमा नेतृत्व चयन गर्ने निर्णय भयो भन्ने सन्देश प्रवाह गरे पनि रामकृष्णलाई सभापति बनाउने निर्णय भइसकेको नेताहरुले बताएका छन् । ‘सर्वसम्मत भए पनि नेतृत्व चयनका लागि चुनावी प्रक्रिया पूरा गर्नुपर्छ’, ती नेताले भने, ‘यसैकारण पनि सहमतिको कुरा बाहिर ल्याइएको छैन ।’

कमेन्ट गर्नुहोस्