लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुसी कोइला खानीमा ४५ मजदुर फसे

IMG

२०७८ मङ्सिर ९  ,तिलोत्तमा सिटी ।  रुसको एक कोइला खानीमा ४५ जना मजदुर फसेका छन् । कोइला खानीमा आगो लागेपछि खानीभित्र रहेका ४५ जना मजदुर फसेका हुन् ।बिहीबार साइबेरियाको केमेरोभो क्षेत्रमा रहेको एक कोइला खानीमा आगलागी भएपछि ४५ मजदुर फसेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

केमेरोभोको लिस्टभ्याज्नाय कोइला खानीमा आगो लागेपछि खानीभित्र रहेका मजदुर फस्न पुगेको केमेरोभोको क्षेत्रीय अनुसन्धान समितिले जनाएको छ ।


हाल खानीमा फसेका मजदुरको उद्दार कार्य जारी रहेको र ७० बाहिर ल्याएको समितिको भनाइ छ ।‘प्रारम्भिक विवरणअनुसार केही मजदुरलाई विषाक्त धुँवाले असर गरेको छ’, समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रभावित मजदुरको संख्या तय गर्ने कार्य जारी छ ।’यसैबीच इन्टरफ्याक्स समाचार माध्यमले खानीका एक अधिकारीलाई उदृत गर्दै ७५ जना खानी मजदुरको अवस्था अज्ञात रहेको जनाएको छ ।


कमेन्ट गर्नुहोस्