
२०७८ मङ्सिर ९,तिलोत्तमा सिटी। नेकपा (एमाले)को १० औं महाधिवेशनमा खुल्ला क्षेत्रबाट केन्द्रीय सदस्यका लागि बासुदेव घिमिरेले उम्मेदवारी दिनुहुने भएको छ । देशमै सुशासन बिकाश र सेवा सहजताको पहुँच पुर्याएको बह्न्दै उत्क्रिस्ट नगरपालिका को पगरी गुथेको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा खुला क्षेत्रबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। हाल तिलोत्तमा नगरपालिकाका नगरप्रमुख तथा नेकपा एमाले केन्द्रीय स्थानीय तह विभाग सदस्य समेत रहेका घिमिरे १० औं महाधिवेशनका लागि प्रतिनिधि चयन भएका थिए ।
घिमिरेलाई बहुआयामिक, बिकाशप्रेमी, समाजसेवी राजनीतिज्ञको रुपमा पनि चिनिन्छ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा खुला क्षेत्रबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै घिमिरेले आफुलाई मतदान गरि अमूल्य सहयोग र समर्थनको अपेक्षासहित पार्टीले सुम्पिएको जिम्मेवारी ईमान्दारी र जवाफदेहिताका साथ बहन गर्ने विश्वास व्यक्त गर्नुभएको छ। पार्टी सगंठन र बिकाश अनि समृद्धिलाई जोडन सक्ने नेतृत्व पार्टीमा समेत आवश्यक भएकाले आफु सो कार्यका लागि निरन्तर लागि परेको घिमिरेको भनाई छ।
कमेन्ट गर्नुहोस्