लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लागूऔषध सहित युवक पक्राउ

IMG

२०७८ मङ्सिर ५ ,तिलोत्तमा सिटी ।


पर्साबाट प्रहरीले एक हजार ३५० थान (एम्पुल) लागूऔषध सहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले धोविनी गाउँपालिका-२ बस्ने २६ वर्षीय दिवाकरकुमार साहलाई पक्राउ गरेको हो ।


ना४५प ११६४ नम्बरको मोटरसाइकलमा भारतबाट भिश्वा नाका हुँदै नेपालतर्फ आउँदै गरेका उनको साथबाट ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । ‘लागूऔषध सहित पक्राउ परेका युवकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखेका छौं,’ उनले भने । 


कमेन्ट गर्नुहोस्