लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बनबाटिकाको एघारौ वार्षिक साधारण सभा सम्पन्न

IMG

२०७८ मङ्सिर २,तिलोत्तमा सिटी ।तिलोत्तमा नगरमा रहेको शंकरनगर बनबिहार तथा तथा अनुसन्धान केन्द्रको एघारौ वार्षिक साधारण सभा गत शुक्रबार सम्पन्न भएको छ । साधारण सभाको एक कार्यक्रमका बीच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले उद्घाटन गरेका हुन् ।


उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख घिमिरेले नगरपालिकाबाट तयार गरिएको गुरुयोजना अनुसार काम गर्न सुझाव दिए । केन्द्रभित्र रहेका विभिन्न योजनाहरुलाई एकतावद्ध गरि मुल समितिबाट निर्देशन गरेर अघि बढ्नुपर्ने भन्दै उनले अनावश्यक पुर्वाधार नबनाउन केन्द्रलाई सुझाव दिए । तिलोत्तमा नगरपालिकामा गहनाका रुपमा रहेको अनुसन्धान केन्द्रको विकासमा स्थानिय सरकारबाट सधै साथ र सहयोग रहेको समेत उनले प्रतिवद्घता जनाए । उनले शहिद पार्क, पुष्पलाल पार्क, विपि पार्क सबैलाई काम चाडो गर्नतर्फ समेत सबैले ध्यान दिनुपर्ने बताए ।



कार्यक्रममा शंकरनगर बनबाटिका तथा अनुसन्धान केन्द्रका अध्यक्ष बेलप्रसाद शर्माले कोभिड १९ संक्रमणको अवधिमा पनि निमार्ण र मर्मतको कामलाई निरन्तर अगाडी बढाएको भन्दै यसमा सबै क्षेत्रबाट सहयोग मिलेको बताए । केन्द्रमा बन्दै गरेको अत्याधुनिक तिलोत्तमा भ्युटावरको काम ९० प्रतिशत सकिएको जानकारी दिँदै उनले एघार तले भवन करीब १३ करोड रुपैयाको लागतमा २ बिगाहा क्षेत्रफलमा बन्दै गरेको जानकारी दिए ।


केन्द्रका उपाध्यक्ष खिमलाल पाण्डेले समग्र केन्द्रको पुर्वाधार हालसम्म १० करोड बढि लगानी भएको बताए । यसैगरि लकडाउनकै अवधिमा राष्ट्रपती चुरे मधेस तराई संरक्षण समितिको सहयोगमा १८ लाख ८९ हजार ४ सय ७० रुपैया र संस्थाको ४ लाख ५८ हजार ९९ रुपैयामा चराको खोर निर्माण गरिएको उनले बताए ।बनबाटिकामा ५१.३४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । जहा ६ वटा पार्कहरु, रेल, चिल्डे«न पार्क, सहित २१ प्रजातिका जनावर रहेको मिनि चिडियाघर संचालन गरिएको केन्द्रका सचिव फर्सुराम भण्डारीले बताए । कोभिड संक्रमण कम हुदै जादा अहिले दैनिक १ हजार पर्यटकहरु आउन लागेको उनले बताए ।

कमेन्ट गर्नुहोस्