लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अपाङ्गता भएका युवाहरुको राजनीतिक पहुँच कार्यालशाला समापन

IMG

तिलोत्तमा सिटी,२३ असोज २०७८।  आइएफ इएसनेपाल र यूएसएआइडी र नेत्रहिन युवासंघको साझेदारीमा रुपन्देहीमा सञ्चालित  अपांगता भएका युवाहरुको राजनैतिक पहुँच विषयक कार्यशाला समापन गरिएको छ । दुई दिन सम्म भैरहवामा सञ्चालन भएको कार्यशालाको दोस्रो चरणमा  बुटवलमा दुई दिन  आयोजना गरी समापन गरिएको हो । शनिवार बुटवलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी कार्याशालाको समापन गरिएको छ ।  नेत्रहिन युवा संघ रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलको अध्यक्षतामा भएको  कार्यशाला समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका प्रमुख विक्रम खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।



कार्यक्रममा बोल्दै महासचिव खड्काले  नेत्रहिन युवा संघ लगायत अपाङ्गता भएका व्याक्तिहरुको लागि मिडियामा पहुँच स्थापना गर्नको लागि पत्रकार महासंघ जहिले पनि तयार रहेको  धारणा राखे ।  उनले  पत्रकारिता क्षेत्रमा अपाङ्गता भएका व्याक्तिहरुको सहभागीताको लागि महासंघले निःशुल्क रुपमा प्रशिक्षक समेत उपलब्ध गराउने प्रतिवद्धता जाहेर गरे । कार्यशामला समापन कार्यक्रममा  रुपन्देही उद्योग व्यापार संगठनका  सचिव यमलाल रेग्मी, नेत्रहिन युवा संघ रुपन्देहीका उपाध्यक्ष जीवन पोख्रेल, सचिव टिकाराम घिमिरे, पत्रकार कृष्ण खनाल, सहभागीहरु रेखा रानामगर र माधव  कण्डेल लगायतले आ आफ्नो भनाई राखेका थिए । 


भैरहवा र बुटवलमा ४ दिन सम्म आयोजना गरिएको कार्याशालमा २४ जना विभिन्न प्रकृतिका अपाङ्गता भएका व्याक्तिहरुको  सहभागीता रहेको थियो ।  तालिमको सहजीकरण  अस्मीता क्षेत्री, टिकाराम  घिमिरे, लक्ष्मी पाण्डे ले जहजीकरण गरेका थिए ।

कमेन्ट गर्नुहोस्