लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ईपीएलमा ललितपुरको कप्तानी कुशलले गर्ने

IMG

तिलोत्तमा सिटी,७ असोज २०७८। शनिबारदेखि सुरु हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएलमा ललितपुरको कप्तानी कुशल भुर्तेलले गर्ने भएका छन् ।कप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने भएपछि साविक विजेता ललितपुर प्याट्रिओट्सले राष्ट्रिय टिमका ओपनर कुशललाई कप्तान चयन गरेको हो ।ललितपुरले उद्घाटन खेलमा काठमाडौं किंग्स ११ संग खेल्नेछ ।




त्यस्तै नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले एभरेष्ट प्रिमियर लिग (ईपीएल) नखेल्ने भएका छन् ।ललितपुर प्याट्रिओट्सका कप्तान रहेका मल्लले व्यक्तिगत कारणबाट ईपीएल खेल्न नसक्ने भनी क्लबलाई जानकारी गराएका छन् ।ललितपुर प्याट्रिओट्सले बिहीबार एक विज्ञप्ति जारी गरी कप्तान मल्लले क्लबका सिईओ निरज कोइरालालाई इमेल लेखी आफूले यो संस्करणको ईपीएल खेल्न नसक्ने जानकारी गराएका छन् ।ईपीएल असोज ९ देखि २३ गतेसम्म काठमाडौंको त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुँदैछ ।

कमेन्ट गर्नुहोस्