लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलका मेयर सुवेदीलाई मुक्का हान्ने युवक पक्राउ, घटनाको सर्बत्र बिरोध

IMG

तिलोत्तमा सिटी,४ असोज २०७८।  बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक पक्राउ परेका छन् । मेयरलाई मुक्का प्रहार गर्ने गणेश पंगेनीलाई सोमबार साँझ प्रहरीले बुटवलबाट पक्राउ गरेको हो ।पक्राउ परेका पंगेनीलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको डीएसपी मदन कुँवरले जानकारी दिए ।उनले सोमबार बिहान बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरमा पहिरो निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि मुक्का प्रहार गरेका थिए । पंगेनी पहिरो प्रभावित ज्योतिनगरकै बासिन्दा हुन् । लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी उनी अनेरास्ववियू रुपन्देही जिल्ला कमिटी सदस्य समेत हुन् ।पंगेनीमाथि अनुसन्धान गरेर दुर्व्यवहार वा शान्ति सुरक्षासम्बन्धी मुद्दामा कारकाही हुने डीएसपी कुँवरले बताए । मेयरमाथि मुक्का प्रहार भएपछि बुटवल उपमहानगरपालिका र एमाले बुटवल उपमहानगर कमिटीले पक्राउ गरी कारबाही गर्न माग गरेका थिए ।


घटनाप्रति तिलोत्तमा नगरपालिकाको खेद 

त्यसो त तिलोत्तमा नगरपालिकाले बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदी माथि भएको घटनाको खेद्र व्यक्त गरेको छ । तिलोत्तमा नगरपालिका मेयर बासुदेव घिमिरेले एक विज्ञप्ति जारी गर्दै हातपातको प्रयास र दुव्र्यवहारप्रति खुद व्यक्त गर्दै खेद व्यक्त गरेका हुन् ।‘बुटवल उमहानगरपालिका प्रमुख शिवराज सुवेदीमाथि एक युवाबाट भएको हातपातको प्रयास र दुव्र्यवहारप्रति तिलोत्तमा नगरपालिका दुःख व्यक्त गर्दै सो निकृष्ट कार्यप्रति खेद व्यक्त गर्दछौँ ।’–विज्ञप्तिमा भनिएको छ । साथै तिलोत्तमा नगरपालिकाले घटनामा संलग्न व्यक्तिालाई कानून बमोजिम कारवाही गर्न तथा जनप्रतिनिधिको मनोबल उच्च राख्दै सुरक्षाको प्रबन्ध गर्न पनि माग गरेको छ ।   


शान्ति समाजको पनि ध्यानाकर्षण 

मेयर शिबराज सुवेदीमाथि भएको आक्रमणप्रति मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । समाजका सभापति डिपि खनाल र सचिव कपिल ज्ञवालीले विज्ञप्ती जारी गर्दै बुटवल– ३ को ज्योतिनगरमा पहिरो अवलोकनको क्रममा मेयरमाथि मुक्का प्रहार हुनु दुखद एवं निन्दनीय भएको जनाएको छ ।समाजले घटनामा संलग्न व्यक्तिलाई कानुनी कारबाहिको माग गरेको छ । अविरल वर्षाका कारण ज्योतिनगरक्षेत्रमा पहिरो गइ हुन गएको क्षतिप्रति दुख ब्यक्त गर्दै तत्काल राहत उद्धार र पुर्नबासको यथोचित व्यवस्था गर्न समाजले सरकार समक्ष माग गरेको छ ।

कमेन्ट गर्नुहोस्