लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अनेरास्ववियूको २३ औं महाधिवेशन चैत २२-२४ मा

IMG

तिलोत्तमा सिटी,२ अशोज २०७८।  एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूको २३ औं महाधिवेशन आगामी चैतमा हुने भएको छ । शनिबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा भएको केन्द्रीय सचिवालयको बैठकले चैत २२ देखि २४ सम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।महाधिवेशन सम्मका लागि सुनिता बराल अध्यक्ष, आरसी लामिछाने वरिष्ठ उपाध्यक्ष र समीप बराल महासचिव रहने गरी केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ ।पाँचवर्षदेखि अनेरास्ववियूको महाधिवेशन भएको छैन । अनेरास्ववियू केन्द्रीय सचिवालय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, विद्यार्थी इन्चार्ज खिमलाल भट्टराई, अनेरास्ववियूका पूर्वअध्यक्ष माधव ढुंगेल लगायतले सम्बोधन गरेका छन् ।यही बैठकबाट अनेरास्ववियू अध्यक्ष ऐन महर, उपाध्यक्ष रस्मी आचार्य, महेश बर्तौला र शैलेश लामा संगठनबाट बिदा भएका छन् ।


कमेन्ट गर्नुहोस्