लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सन्दीप लामिछाने ओडीआई वरीयतामा समावेश

IMG

तिलोत्तमा सिटी, ३० भदौ २०७८।  नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आईसीसीको एकदिवसीय वरीयतामा समावेश भएका छन् ।आईसीसीले सार्वजनिक गरेको नयाँ ओडीआई वरीयतामा सन्दीप बलरतर्फ ९१ औं स्थानमा स्थानमा छन् । सन्दीप एकदिवसीयतर्फको वरीयतामा शीर्ष १०० भित्र समावेश हुने पहिलो नेपाली खेलाडी बनेका छन् ।सन्दीपले सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्ध खेल्दै ओडीआईमा डेब्यु गरेका थिए । त्यसयता उनले नेपालले खेलेको सबै १४ खेल खेलेका छन्। सन्दीपले नेपालबाट ओडीआईमा सर्वाधिक ३५ विकेट लिएका छन् ।


क्रिकेट विश्वकप लिग २ खेल्न ओमानमा रहेका सन्दीपले पेटको समस्याका कारण ओमानविरुद्ध मंगलबार भएको खेलमा बलिङ गरेनन् ।सन्दीपले विश्वकप लिग २ अघि ओमानमा खेलेको पपुवा न्युगिनी (पीएनजी)विरुद्ध पहिलो  एकदिवसीय खेलमा ४ र दोस्रो खेलमा ६ विकेट लिएका थिए । यस्तै विश्वकप लिग २ अन्तर्गत अमेरिकाविरुद्धको पहिलो खेलमा उनले २ विकेट लिएका थिए । सन्दीप टी–२० अन्तर्राष्ट्रिय वरीयतामा बलिङतर्फ भने ८१औं स्थानमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्