लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पूर्व कप्तान पारस खड्काले किन लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास ?

IMG

तिलोत्तमा सिटी,१९ साउन २०७८,मंगलबार। नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।मंगलबार बिहान उनले सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । सन् २००२ मा १५ वर्षको उमेरमा क्रिकेट यात्रा शुरु गरेका उनले मंगलबारदेखि त्यसलाई पूर्णविराम लगाएका हुन् ।पारसले एउटा क्रिकेटरका रुपमा मन, वचन र कर्मले कर्तव्यनिष्ठ भइ देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वाह गरेको पनि बताएका छन् ।‘मेरो जीवनमा मैले देखेको सपना भनेको नै क्रिकेटको उन्नति हो । तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरुको संयुक्त प्रयासको आवश्यकता छ’, उनले भनेका छन्, ‘इमानदारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य पनि एउटा नयाँ उचाइमा पुर्‍याउने छौं ।’

कमेन्ट गर्नुहोस्