लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गण्डकी र लुम्बिनी प्रदेशमा अझै सक्रिय रहने, उच्च सतर्कता अपनाउन आग्रह

tillotmacitynews - 2021 Jun 16 01:19 PM
IMG

असार २ गते बुधबार २०७८ तिलोत्तमा सिटी।जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आज बुधबार र बिहिबार लुम्बिनी प्रदेशसमा मनसुन बढी सक्रिय रहने पूर्वानुमान गरेको छ । महाशाखाले बाढी पूर्वानुमान बुलेटिन प्रकाशित गर्दै आज प्रदेशको रुपन्देहीको तिनाउ तथा दाङ हुँदै बदिैयाको बबई नदी तथा त्यसका स-साना नदी जलाधारमा बहाब बढ्ने र केही स्थानमा सतर्कतातह भन्दा माथि पुग्ने पूर्वानुमान गरेको छ ।


त्यसैगरी भेरी नदी र यसका सहायक नदीका जलाधार पनि उच्च बिन्दुमा पुग्ने आंकलन गर्दै महाशाखाले आज लुम्बिनी प्रदेशको परासी, पाल्पा, कपिलबस्तु, अर्घाखाँची, गुल्मी, प्यूठान, दाङ, बाँके, बर्दिया र रुकुममा बढी वर्षा हुने बताएको छ ।महाशाखाले बिहिबार पश्चिम राप्ती, तिनाउ, बबईका स-साना नदीजलाधारमा बहाब बढ्ने र केहीमा सतर्कता तहभन्दा माथि पुग्ने बताएको छ । बिहिबार मनसुन नेपालको गण्डकी र लुम्बिनी प्रदेशमा बढी केन्द्रित हुने पूर्वानुमान गर्दै त्यस प्रदेशका नदी आसपासका स्थानियलाई सतर्क रहन आग्रह समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्