लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा-८ का अति बिपन्न १९ परिवारलाई लक्ष्मणको राहत

IMG

जेष्ठ २० गते बिहिबार २०७८ तिलोत्तमा सिटी। राहत मार्फत सहयोगी हात अघि बढाइरहेका बिपी स्टडी युथ सर्कल लुम्बिनी प्रदेशका अध्यक्ष तिलोत्तमा मणिग्राम निवासी लक्ष्मण गौतमले आज तिलोत्तमा-८ का अति बिपन्न परिवारलाई राहत प्रदान गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेस तिलोत्तमा नगर सचिव एबम पुर्व तरुण जिल्ला सदस्य राजकुमार वाग्लेको उपस्थितिमा र आग्रहमा तिलोत्तमा नगरपालिका वडानम्बर ८ मा रहेका तिन विभिन्न स्थानका अति बिपन्न १९ घर परिवालाई खाद्यान्न सहयोग गरिएको सहयोगी अभियन्ता लक्ष्मण गौतमले बताए। 


खाद्यान्नमा सधैजसो चामल, दाल, चिउरा, नुन ,तेल ,आलु ,सोयाबिन, प्याज ईत्यादी बितरण गरिएको उनको भनाइ छ। सो सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस रुपन्देही जिल्ला सदस्य हरी न्यौपाने, तिलोत्तमा -८ कांग्रेस वडा सभापती केशव राज अर्याल, कोषाध्यक्ष यज्ञ बल्भव अधिकारी, झरना स्पोर्ट्स क्लव कुन्जलापुरका अध्यक्ष तथा कांग्रेस नेता लोक पुन, कांग्रेस युवा नेता दिपक केशी,मोहन न्यौपाने आदिको उपस्थिति रहेको थियो।बिपी स्टडी युथ सर्कल लुम्बिनी प्रदेशका अध्यक्ष समेत रहेका लक्ष्मण गौतमले शुरुमा व्यक्तिगत खर्चमै सहयोग गरिरहेका थिए भने अहिले उनको काम देखेर नजिकका साथीभाईहरुले समेत रचनात्मक सहयोग पठाएको बताएका छन्। सबै सहयोग राहत कार्यमै बितरण गर्ने उनको अठोट छ। 


कमेन्ट गर्नुहोस्