लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रदेशका पहाडी जिल्लाका घरघरै रुघा र ज्वरोका विरामी

IMG

  बैशाख ३० गते बिहिबार २०७८ तिलोत्तमा सिटी।कोरोना महामारीको हटस्पट बनेको लुम्बिनी प्रदेशका पहाडी जिल्लाका घरघरै रुघा र ज्वरोका बिरामी बढ्न थालेका छन् । कोरोनासित मेल खाने लक्षण देखिए पनि उनीहरुको कोरोना परीक्षण गरिएको छैन । किट अभाव देखाउँदै स्थानीय स्वास्थ्यकर्मीले रुघा, ज्वरोको औषधि दिएर घरमै आराम गर्न भनिरहेका छन् ।यस्ता बिरामीले स्वास्थ्य मापदण्ड पालना गरेका छैनन । एउटै परिवारका धेरै जना बिरामी छन् । प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, रुकुम लगायत पहाडी जिल्लामा घरघरै रुघाखोकी र ज्वरोका बिरामी छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार यस्ता लक्षण भएका बिरामीको कोरोना परीक्षण गर्दा संक्रमण पुष्टी भइरहेको छ ।


एउटै परिवारका तीन/चार जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ । बिरामी परेपछि गाउँका स्वास्थ्य चौकीमा ज्वरो, रुघाखोकीका विरामी जचाउन जानेको भीड छ । अघाखाँचीमा पनि प्रायः घरैपिच्छे यस्ता विरामी छन् । उनीहरु घरमा तातोपानी, बेसार पानी, जुहानो लगायतका झोल पदार्थ सेवन गरेर आराम गरेको बताउँछन् ।

कमेन्ट गर्नुहोस्