लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

औषधी र स्वास्थ्य सामग्री अपलत्र,ढुवानीको व्यवस्था मिलाउन खाँडको आग्रह

IMG

बैशाख २९ गते बुधबार २०७८ तिलोत्तमा सिटी।नेपाली काँग्रेस संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपाली कांग्रेसले विदेशमा अलपत्र अवस्थामा रहेका स्वास्थ्य सामग्री तत्काल ढुवानी गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ।खाणले आज विज्ञप्ती जारी गर्दै सरकरलाई स्वास्थ्य सामग्री तथा उपकरण आयात गर्ने नेपाली कम्पनीहरुले खरिद गरेका स्वास्थ्य सामग्री तथा उपकरणहरु हवाईजाहजका अभावको कारण नेपाल ढुवानी हुन नसकी चीनका विभिन्न विमानस्थलमा अलपत्र अवस्थामा रहेको हुदा ढुवानीमा सहजीकरण गर्न सरकार एवं सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण जनाउनु भएको छ ।प्रमुख सचेतक खाँणले कोभिड १९ महामारीको कारणले दिनानुदिन संक्रमितको हजारौं संख्या र मृत्यु हुनेको सयौं संख्यामा वृद्धि हुँदै गइरहेका छ ।


यस्तो विषम परिस्थितिमा नेपाली जनतालाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिई कोभिड संक्रमितको उपचार गर्नुपर्नेमा यस तर्फ सरकार गम्भीर भएको देखिदैन ।स्वास्थ्य सामग्रीको अभावका कारणले कोरोना संक्रमित र अन्य विरामीहरुको उपचारमा कठिनाई भइरहको छ ।

स्वास्थ्य सामग्री तथा उपकरण आयात गर्ने नेपाली कम्पनीहरुले खरिद गरेका स्वास्थ्य सामग्री तथा उपकरणहरु हवाईजाहजका अभावको कारण नेपाल ढुवानी हुन नसकी चीनका विभिन्न विमानस्थलमा अलपत्र अवस्थामा रहेका छन् ।तसर्थ यस गम्भीर विषयलाई मध्यनजर गरी अविलम्ब स्वास्थ्य सामग्री तथा उपकरणहरुको हवाई ढुवानीको प्रबन्ध गरी ढुवानीमा सहजीकरण गर्न सरकार एवं सम्बन्धित निकायको गम्भीर ध्यानकर्षण गराउँदछौं । स्वास्थ्य सामग्रीको अभावका कारणले कोरोना संक्रमित र अन्य विरामीहरुको उपचारमा कठिनाई भइरहकाले तत्काल आवश्यक व्यवस्था गर्न कांग्रेसले माग गरेको हो।

कमेन्ट गर्नुहोस्