
बैशाख २९ गते बुधबार २०७८ तिलोत्तमा सिटी। नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी कार्यालयहरूलाई आइसोलेशन कक्ष बनाउने निर्णय गरेको छ । देशभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण गर्नका लागि पार्टीले आफ्नै भवन भएको सबै जिल्लाको पार्टी कार्यालयलाई आइसोलेशन कक्ष बनाउने भएको हो ।बुधबार बसेको विभिन्न जिल्लाका पार्टी अध्यक्षको बैठकले पार्टी कार्यालयलाई आइसोलेशन बनाउने निर्णय गरेको हो । पार्टीको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार आफ्नै भवन भएका सबै जिल्लामा आइसोलेशन बनाउने भएको हो ।सचिव ढकालले आफ्ना पार्टीका नेता तथा कार्याकर्तालाई यसअघि नै कोरोनाविरुद्धको लडाइँमा लाग्न आह्वान गरिसकेको जानकारी दिए ।
कमेन्ट गर्नुहोस्