लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचन जेठ १७ गते,उम्मेदवारी दर्ता ४ जेठ मा

IMG

बैशाख २८ गते मंगलबार २०७८ तिलोत्तमा सिटी। लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यका लागि आगामी जेठ १७ गते उपनिर्वाचन हुने भएको छ । जेठ ४ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र उम्मेदवारको सूची प्रकाशन गरिने छ ।त्यसअघि जेठ १ गते मतदाता नामावली प्रकाशन गर्ने र दावीविरोधको उजूरी दिने, जेठ २ र ३ गते प्राप्त निवेदन तथा उजूरीमाथि छानबिन र कारवाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।आयोगका अनुसार जेठ ५, ६ र ७ गते उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र र उजूरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तथा नामावली प्रकाशन गर्ने, जेठ ८ गते नाम फिर्ता लिने र जेठ ९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।



कमेन्ट गर्नुहोस्