
सोमबार २७ बैशाख, २०७८ तिलोत्तमा सिटी।प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएका छन् । २३२ सांसद सहभागि थिए । उनको पक्षमा ९३ बिपक्षमा १२४ मत र १५ जनाले मत दिनन् भनेमा मत परेको सभामुख अग्नीप्रसाद सापकोटाले घाेषणा गरे ।प्रधानमन्त्री नियुक्त भएको ३९ महिनापछि ओली दोस्रोपटक संविधानको धारा १०० (१) अनुसार विश्वासको मत स्पष्ट गर्न फ्लोरमा गएका थिए ।एमालेभित्रै देखिएको विभाजनले प्रधानमन्त्री ओलीले विश्वासको मत पाएनन् । प्रतिनिधिसभामा हाल २७१ जना सांसद कामय रहेकोमा विश्वासको मतका लागि १३६ को समर्थन चाहिने थियो । १२१ सांसदसहित ठूलो दल रहेको एमालेको माधवकुमार नेपाल पक्षका कम्तीमा २० जना सांसद संसदमा देखिएनन् ।प्रधानमन्त्रीले विश्वासको मत गुमाएको सभामुखले घोषणा गरेपछि ओली प्रधानमन्त्री पदबाट पदमुक्त हुनेछन्। तथापि उनको कामचलाउ हैसियत भने बाँकी नै रहने छ।
विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् ।प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ र १५ जना तटस्थ रहे ।प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो ।संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित नै भएनन् ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् ।जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरु भने तटस्थ बसेका छन्
कमेन्ट गर्नुहोस्