लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका कुशल भुर्तेल बने प्लेयर अफ दी सिरिज

IMG

तिलोत्तमा २०७८ बैशाख ११ गते शनिबार। त्रिकोणात्मक टी–२० सिरिजमा कुशल भुर्तेल प्लेयर अफ दी सिरिज बनेका छन् ।टी–२० अन्तर्राष्ट्रियको डेब्यू सिरिजमै भुर्तेल उत्कृष्ट खेलाडी बनेका हुन् । उनले मोटरसाइकल पुरस्कार पाएका छन् ।डेब्यूसहित तीन खेलमा लगातार तीन अर्धशतकको विश्व कीर्तिमान बनाएका भुर्तेलले फाइनलमा नेपाललाई जिताउने क्रममा ७७ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । टी-२० अन्तर्राष्ट्रियमा यो उनको व्यक्तिगत उच्च स्कोर समेत हो ।उनले ५ खेल खेल्दै कूल २७८ रन बनाए ।

कमेन्ट गर्नुहोस्