लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

५० टिप्पर लिएर चितवन पुगे तिनाउका ब्यवसायी

tillotmacitynews - 2021 Apr 11 08:24 PM
IMG

तिलोत्तमा २०७७ चैत्र २९ गते। पाल्पाको तिनाउ गाउ पालिकामा रहेका टिप्पर ब्यवसायीहरु ५० टिप्पर नदिजन्य पदार्थ लिएर चितवन पुगेका छन।धुर्मुस सुन्तली फाउण्डेसनको अगुवाईमा निर्माण भई रहेको गौतमबुद्ध अन्तरराष्टिय क्रिकेट रंगशाला बनाउने कार्यमा सहयोग गर्न त्यहा पुगेका हुन। जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि सहयोगको गर्न रङ्गशाला स्थलमा ५० टिप्पर निर्माण सामाग्री (नदिजन्य पदार्थ) लिएर त्यहा पुगेको निर्माण ब्यवसायी तोया लम्सालले जानकारी दिए । रंगशाला निर्माणमा बजेट अभाव भएको समाचार सार्वजनिक भएकाले जनस्तरबाट सहयोग गर्नुपर्छ भन्ने लागेर हामी आएका हौं उनले भने । पाल्पाको तिनाउ गाउपालिकामा रहेका ५० जना टिप्पर ब्यवसायीहरुले सामुहिक रुपमा सहयोग गरौं भन्ने निर्णय गरेर यहा आएका हौं उनले थपे । त्यहा पु¥याएको निर्माण सामग्री १० लाख रुपैया बढीको भएको लम्सालले जानकारी दिए ।



कमेन्ट गर्नुहोस्