
तिलोत्तमा,२०७७ चैत ६ । रुपन्देहीमा जारी रिद्धिसिद्धि फुटसल प्रतियोगिता २०२१ को पहिलो दिन चरङे एफसीले विजयी शुरुवात गरेको छ ।सनराईज स्पोर्ट्स तिलोत्तमाको आयोजनामा भलबारीस्थित सनराईज स्पोर्ट्स फुटसल एरिनामा भएको चरङे एफसीले एभेन्जर एफसी काठमाण्डौलाई ४–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेको हो ।
यसैगरि पहिलो दिनको खेलमा इमा एफसीले मनकामना एफसीलाई २–१ गोल, प्ले अनले शान्ति नमुना एफसीलाई ३–१ गोल, कुमारी एफसीले स्मृति एफसीलाई ४–१ गोल, लुम्बिनी एफसीले सनराईज एफसी ए लाई ३–२ गोल, ईन्टर एफसीले सनराईज एफसी बि लाई ४–३ गोल, ईडुराईज एफसी चितवनले रिद्धिसिद्धि एफसी बि लाई ६–० गोल तथा रिद्धिसिद्धि ए ले ह्याप्पी एफसीलाई १०–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन ।शनिबार क्वाटरफाईनल खेलमा चरङे एफसी र प्ले अन, इमा एफसी र कुमारी एफसी, लुम्बिनी एफसी र ईडुराईज एफसी चितवन तथा रिद्धिसिद्धि ए र ईन्टर एफसीका बिचमा खेल हुने संयोजक राजेन्द्र केसीले बताए।भोलि हुने क्वाटर फाइनल खेल चरंगे फुटसल क्लब भर्सेस प्ले अन फुटसल क्लब,इमा फुटसल क्लब भर्सेस कुमारी फुटसल क्लब,लुम्बिनी फुटसल क्लब भर्सेस ईडुराइस फुटसल क्लब,ऋद्धि सिद्धि फुटसल क्लब 'ए ' भर्सेस इन्टर फुटसल क्लब बीच हुनेछ ।
प्रतियोगिताका उपाधि विजेतालाई नगद १ लाख १ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ५१ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।यसैगरि प्रतियोगितामा बेष्ट गोलकिपर, हाई स्कोरर र सर्वोत्कृष्ट खेलाडीलाई नगद ५ हजार रुपैयासहित मेडल, कपबाट पुरस्कृत गरिने उनले बताए ।प्रतियोगितामा काठमाडौं, चितवन, रुपन्देहीका स्मृति स्पोर्ट्स क्लब, युनिक फुटसल, ईन्टर स्पोर्ट्स क्लब, चरङे, लुम्बिनी फुटसल, एभेन्जर फुटसल क्लब लगायत १६ टिमको सहभागिता रहने सहसहयोजक सचिन घिमिरेले बताए ।
कमेन्ट गर्नुहोस्