
तिलोत्तमा २०७७ चैत्र ५। रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित सनराइज स्पोर्ट्स भलावारिको आयोजनामा हालसम्मकै ठुलो राशि सहितको फ़ुटसल प्रतियोगिता आयोजना हुने भएको छ। रुपन्देहीका १४ र काठमाडौँ र चितवन गरि १६ टिमको सहभागिता रहने खेलको चैत्र ६ गते शुक्रबार तिलोत्तमा उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष माधव भण्डारीले उद्घाटन गर्नुहुने भएको छ। स्थानिय संचालक मणि पंगेनीले ३ महिना अघि भलवारिमा संचालन गर्नुभएको सनराइज स्पोर्ट्स फ़ुटसलको आफ्नै आयोजनामा सो प्रतियोगिता हुने आयोजकका तर्फबाट संयोजक राजेन्द्र केसीले बताए।
प्रतियोगितामा बिजेता टिमले नगद रु.१ लाख १ हजार सहित शिल्ड मेडल प्रमाणपत्र पाउने छन् भने उपविजेताले ५१ हजार पाउने छन्। त्यस्तै बेस्ट गोलकिपर , खेलाडी, हाइस्करर लगायतका विधामा उत्कृस्टलाइ नगद ५ हजार प्रदान गरिने संयोजक केसीले बताए। रिद्धिसिद्धि फ़ुटसल टुर्नामेण्ट नाम दीइएको सो प्रतियोगितामा उद्घाटन खेल चरंगे फ़ुटसल क्लब र बुटवलको एभेन्जर फ़ुटसल क्लबबीच हुने आयोजकले बताएको छ।
पछिल्लो समय फ़ुट्सलमा दर्शक र खेलाडीको आकर्षण बढेको भन्दै प्रतियोगिताको सफलताको कामना गर्दै तिलोत्तमा मिडिया क्लबका अध्यक्ष लक्ष्मण पौडेलले यस्ता प्रतियोगिताले खेल क्षेत्रलाइ बिस्तार गर्दै लैजाने बताए। प्रतियोगिताको जानकारी गराउदै बिहिबार आयोजित पत्रकार सम्मेलनमा सचिन घिमिरेको स्वागत रहेको थियो,भने कपिल ज्ञवालीको संचालन रहेको थियो।
कमेन्ट गर्नुहोस्