लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पुराना वामपन्थी नेता नेपाल-खनाल पक्षमा,एक्लिदै ओली

tillotmacitynews - 2021 Mar 17 10:10 PM
IMG

काठमाडौ, ४ चैत । पुराना वामपन्थी नेताहरु नेकपा एमालेको माधवकुमार नेपाल पक्षमा खुलेका छन्। बुधबार ललितपुरको सानेपामा आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा पुराना नेताहरुलाई उच्च महत्वको साथ मञ्चमा स्थान दिइएको छ।भेलामा सिद्धिलाल सिंह, मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रित, कमल कोइराला, गोविन्द ज्ञवाली लगायतका पुराना वामपन्थी नेताहरु मञ्चमै उपस्थित भएका छन् ।कार्यक्रमको उद्घोषण गरिरहेका सुरेन्द्र पाण्डेले अन्य पुराना नेताहरु पनि आउँदै गरेको जानकारी गराएका छन्। प्रदीप नेपाल उपचारका लागि नियमित फ्लोअपमा जानु परेकाले उपस्थित हुन नसकेको बताइएको छ।

कमेन्ट गर्नुहोस्