
तिलोत्तमा २०७७ माघ ३०। पर्यटकीय गन्तव्य पूर्वाधार विकास कार्यक्रममा तिलोत्तमा स्थित शंकर नगर बनाबिहार तथा अनुसन्धान केन्द्र छनौट भएको छ। पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवर्द्धन गर्ने उदेश्यले पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी ( सन्चालन तथा व्यवस्थापन ) निर्देशिका २०७७ अनुसार प्रदेश र स्थानीय तहसँग लागत साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार विकास कार्यक्रममा रुपन्देही क्षेत्र नं. २ अन्तर्गत तिलोत्तमामा सो योजना छनोट भएको बनबाटिकाका अध्यक्ष बेल प्रसाद शर्माले बताए।
सो योजना मार्फत शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्रमा पार्क निर्माण हुने छ। जसको निर्माण लागत रु. ७ करोड रहेको छ। त्यसमध्य रु. ४ करोड ५५ लाख संघिय सरकार र २ करोड ४५ लाख लागत साझेदारी मा निर्माण सम्पन्न हुनेछ। ३ बर्षमा सकिने गरि निर्माण हुने सो पार्क आकर्षक र पर्यटकिय हिसाबले अत्यन्त उत्कृस्ट बन्ने बनबाटिकाका अध्यक्ष बेला प्रसाद शर्माले बताए ।
कमेन्ट गर्नुहोस्