
तिलोत्तमा,२०७७ माघ २७। रुपन्देहीको तिलोत्तमामा हिजो भएको सवारी दुर्घटनामा परी एक कलाकारको ज्यान गएको छ । हिजो साझ रुपन्देहीको तिलोत्तमामा भएको सवारी दुर्घटनामा कलाकार पुजा गहतराजको मृत्यु भएको हो । सिद्धार्थ राजमार्गको बुटवल –भैरहवा सडक अन्तर्गत ड्राइभरटोल नजिकै बसको ठक्करबाट स्कुटरमा सवार २६ वर्षिया पूजाको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
बुटवल ६ निवासी गहतराज लु ३० प ८५६९ नमबरको स्कूटीबाट भैरहवाबाट घरतर्फ आउँदैगर्दा दुर्घटनामा परेकी हुन् । घटना पश्चात् बसलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकी गहतराजको क्रिमशन अस्पतालमा उचारको क्रममा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय ,बुटवलले जनाएको छ ।
२६ बर्षिया पूजा गहतराज न्यु इन्भारमेंट स्कुल मणिग्राममा नृत्य प्रशिक्षकको रुपमा कार्यरत थिईन। उनि नृत्यङ्गना,नृत्य प्रशिक्षक साथै लुम्बिनी नृत्य कलाकर्मी संघ लुम्बिनी प्रदेशकी सदस्य समेत रहेकी थिईन।
कमेन्ट गर्नुहोस्