
तिलोत्तमा ,२०७७ माघ २६। तिलोत्तमा नगरको गौरवका योजनाहरु मध्येको एक वनविहार तथा अनुसन्धान केन्द्र बनबाटिका नामले प्रसिद्ध छ।जनघत्वको चाप बढदै गएपछि सहरमा र्सावननिक स्थल साघुरिदै र गाउसहरिकरण तर्फ उन्मुख भएको यस तिलोत्तमा नगरपालिका भित्र पर्ने बनबाटिका आधुनिक उपकरणले सुसज्ति र सबै किसिमको सुबिधा सम्पन्न ११ तलाको १४० फिटअग्लो भ्युटावर निर्माणधिन छ ।जसबाट भैरहवा ,बुटवल,लुम्बिनी, देवदह,रामग्रम कपिलबस्तुको सबै भुभागको दृष्य अवलोकन गर्न सकिने छ ।दूरवीनको साहयताले भारतिय सिमाना बजारहरुको चहलपहल पनि हेर्न सकिने गरि निर्माण हुदै छ।प्राकृतिक दृश्यको अवलोकन गर्नकालागि मानिसहरुको भिड लाग्ने गरेको यस पर्यटकीय स्थलमा वाल उद्यानले पर्यटन प्रवद्र्धनमा समेत थप टेवा पुग्ने विश्वास गरिएको छ ।
पश्चिम तर्फ तिनाउ नदि पुर्वमा रोहिणी नदीको विच साथै चुरे पहाडको काखैमा रहेको यो पर्यटकीय क्षेत्र प्रदेश नं ५ रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित वडा नं१ र २ मा पर्दछ। शंकरनगर सामुदायीक बनको ५८४ हेक्टर मध्य ५९ हेक्टर क्षेत्रफमा फैलिएको यो बाटिका समुदायको सहकार्यमा दिनप्रतिदिन पर्याटकिय आर्कषणको केन्द्र बन्दै गएको वनविहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बेल प्रसाद शर्मा बताउनु भयो।यस क्षेत्रमा निर्माण भएको बालमैत्री उद्यानभित्र बालवालिकाहरुलाई लक्षीत गरेर व्यवस्थापन गरिएका मनोरञ्जनात्मक विभिन्न किसिमका खेलहरु,बाल रेल, पानीको झरना सहितको आकर्षक फूलवारी, प्रतिक्षालय लगायतका आकर्षण रहने निर्माण समितिका सदस्य ईन्जिनियर किरण खरेलले बताउनु भयो ।
शंकरनगर वनवाटिकामा राजनीतिक विचार र दलसंग आबद्ध आस्था केन्द्रको स्मृतिमा निर्मित उधानहरु छन । जस्तै वि पी वाटिका ,पुष्पलाल पार्क ,शहीद पार्क ,लखन थापा पार्क, शुकदेव पार्क,थारु संग्रहालय ,सूचना केन्दे्र र पुस्तकालय छ । बाल उद्यान छ । विवाह र ब्रतबन्ध आदि कार्य र सभा सम्मेलनको लागि आवश्यक पर्ने सभाहलहरु छन । रुपन्देही जिल्लाकै धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रहरुको राम्रो सम्भावना बोकेको तिलोत्तमा नगरको विकास निर्माण साथै यसको संरक्षण सम्वद्र्धनमा स्थानीय र प्रदेश सरकारका तर्फवाट प्राथमिक्ताका साथ योजना अघि बढाइएको उपाध्यक्ष खेम पाण्डेले बताउनु भयो।साभार दैनिक न्युज
कमेन्ट गर्नुहोस्