लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पत्रकारलाई काममा फर्काउ र पूर्ण पारिश्रमिक उपलब्ध गराउ: नेपाल पत्रकार महासंघ रुपन्देही

IMG

तिलोत्तमा, २१ माघ २०७७।  नेपाल पत्रकार महासंघ रुपन्देहीले कोभिड–१९ का कारण अन्य क्षेत्र जस्तै सञ्चारकर्मी र सञ्चारमाध्यमहरु गम्भिर रुपमा प्रभावित भएकाले प्रभावित सञ्चारमाध्यम र सञ्चारकर्मीहरुलाई राहत उपलब्ध गराउन विभिन्न तहका सरकारहरुलाई अनुरोध गरेको छ। महासंघले आफ्नो साधारण सभाको अवसर पारेर कोभिडको बहानामा सक्षम कतिपय मिडियाले समेत सञ्चारकर्मीलाई विदा दिने, पारिश्रमिक घटाउने जस्ता गतिविधि गरेकोमा दुख ब्यक्त गर्दै  त्यस्ता पत्रकारहरुलाई यथाशिघ्र काममा फर्काउन र पूर्ण पारिश्रमिक उपलब्ध गराउन माग गरेको छ। 




यस्तै महासंघले दीर्घ सेवा गरेका सञ्चारकर्मीहरुलाई मासिक भत्ताको व्यवस्था गर्न माग गरेको छ। बुधबार सम्पन्न वार्षिक साधारणसभाले पत्रकारिता पेशामा लागेर ३० वर्ष बिताएका वा ६० वर्ष पुुगेका पत्रकारलाई मासिक रुपमा भत्ताको व्यवस्था गर्न माग गरेको हो । साधारणसभाले दीर्घ सेवा सुविधासंगै न्यूूनतम पारिश्रमिक कार्यान्वयन तथा कोरोनाका बहानामा विदामा राखेका पत्रकारलाई फर्काउने लगायतका ११ बुँदे निर्णय गरेको छ । न्यूनतम पारिश्रमिक पूर्ण रुपमा लागू नभएकोमा गम्भिर चिन्ता व्यक्त गर्दै पूर्ण रुपमा लागू गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ । 


कमेन्ट गर्नुहोस्