
२० माघ २०७७,तिलोत्तमा। नेपाल पत्रकार महासंघ रुपन्देहीको साधरणसभा बुधबार हुने भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न हुने नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले बताए । सो साधारण सभाका लागि केन्द्रिय अध्यक्ष आचार्य बुटवल आईपुग्नुभएको छ । भोली हुने महासंघको साधारणसभाको आवश्यक तयारी पूरा भएको महासंघका अध्यक्ष जिसिले जानकारी दिए ।
साधरणसभामा सचिव र कोषाध्यक्षको प्रतिवेदन पेश हुनेछ ।कार्यक्रममा महासंघका पूर्व अध्यक्ष, सल्लाहकार, रुपन्देहीका विभिन्न संघसंस्था प्रतिनिधि एंव साधारण सदस्यहरुको उल्लेख्य सहभागिता रहने सचिव रामप्रसाद आचार्यले हामीलाइ जानकारी दिए। बुटवल राजमार्ग चौराहास्थित सिद्धार्थ कटेजमा विहान ११ बजे हुने साधारणसभामा सहभागी हुन महासंघले सबै सदस्यहरुलाई अनुरोध गरेको छ ।
कार्यक्रमका लागि तयारि पुरा गर्दै मञ्च सजावट र ब्यबस्थापनको काम सकिएको महासंघका काेषाध्यक्ष स्वस्तिक श्रेष्ठले बताए । रुपन्देहीका पत्रकारहरुको छाता संगठनको रुपमा स्थापित नेपाल पत्रकार महासंघ रुपन्देहीको साधारणसभा पत्रकार हरुका लागि चाड जस्तै भएको हुदा उत्कृस्ट सहभागिताका लागि सबैलाई उपस्थितिको लागि आग्रह गरिएको महासंघका अध्यक्ष यानेन्द्र जिसीले बताए।
कमेन्ट गर्नुहोस्