लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नवज्योति कप ब्याट्मिण्टनको उपाधि कुमार र जनकको जोडीलाई

IMG

तिलोत्तमा,पुस २५। नवज्योति क्लब शंकरनगरको आयोजनामा आफ्ना पुर्व अध्यक्ष स्वर्गीय किरण गुरुङको स्मृतिमा आयोजित खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधिकुमार ठकुरी र जनक क्षेत्रीको जोडीले  जितेका छन् ।रुपन्देहीमा शुक्रबार देखि शुरु भएको प्रतियोगिताको शनिबार संचालित फाइनल खेलमा नविन गुरुङ र रुक बहादुर थापाको जोडीलाई २१-१७ र २१-१४ को सेटमा पराजित गर्दै कुमार र जनकको जोडी च्याम्पियन बनेका हुन् । उपाधिसँगै कुमार र जनकको जोडीले २१ हजार १ सय ११ रुपैया प्राप्त गरे । उपविजेता बनेका नविन र रुकको जोडीले ११ हजार १ सय ११ रुपैयामा चित्त बुझाए ।यस्तै रन बहादुर सारु र लक्ष्मण गुरुङ तथा अनिल बिके र लक्ष्मण रानाको जोडी तेस्रो भए । उनीहरुले ५ हजार १ सय ११ रुपैया प्राप्त गरे ।नव ज्योति युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा लक्ष्मण राना उत्कृष्ट खेलाडी घोषित भए ।




किरण थापा उदयमान खेलाडी चुनिए ।विजेतालाई लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा पर्यावरण मन्त्री लिला गिरीले पुरस्कृत गरेका थिए ।समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्रि लिला गिरीले स्वास्थ्यका लागि युवा हरुलाई एक बद्ध गर्न यस्ता खेलकुद क्रियाकलापले सघाउ पुर्याउने र समाजमा चेतना जगाउने बताउनुभयो।  उहाले खेल्नका लागि मात्र नभएर खेल बाट आफ्नो समाजको र राष्ट्रको नाम राख्न युवाहरु अग्रसर हुनुपर्ने बताउनुभयो। सो अवसरमा बोल्दै क्लबका अध्यक्ष दिपेश कंडेलले चाडै क्लबले २ कोर्ट भएको ब्याडमिन्टन हलको निर्माण गर्ने योजना बनाएको बताए ।उनले यस प्रतियोगिताको दौरानमा सघाउने सबै दाता एबम खेलाडी सामाजिक सस्थाका प्रतिनिधि ब्यबसायिक सस्था तथा बुद्धिजीवी समाजसेवी र पत्रकार हरुप्रति आभार ब्यक्त गरेका थिए।  



कमेन्ट गर्नुहोस्