
२५ पुस २०७७,तिलोत्तमा। तिलोत्तामा नगरपालिका, नगर खेलकुद विकास समितिको आयोजनामा शनिबारदेखि प्रथम तिलोत्तमा नगरस्तरीय मावि छात्र÷छात्रा भलिबल प्रतियोगिता सुरू भएको छ । प्रतियोगिताको नगर उप–प्रमुख जगेश्वरदेवी चौधरीले उद्घाटन गर्नुभयो । तीन दिनसम्म चल्ने प्रतियोगिता तिलोत्तमा वडा नं. ८ प्रदीपनगर स्थित कुँवरवर्ती इंलिस बोर्डिङ स्कूलको खेलमैदानमा आयोजना गरिएको छ । प्रतियोगितामा छात्रतर्फ नगरका १८ विद्यालयको सहभागिता रहेको छ भने छात्रातर्फ ११ विद्यालयको सहभागिता रहेको छ ।
कमेन्ट गर्नुहोस्