
पौष २३ , २०७७, तिलोत्तमा । तिलोत्तमा नगरपालिकामा खुल्ला बि लेभल ब्याडमिन्टन शुरु भएको छ ।समाजसेवी तथा स्व किरण गुरुङको स्मृतिमा नवज्योति युवा क्लबको आयोजनामा प्रथम एनजेवाईसि खुल्ला बि लेभल ब्याडमिन्टन प्रतियोगिता २०७७ शुक्रबारदेखि शुरु भएको हो ।प्रतियोगिताको लुम्बिनी प्रदेशका प्रदेस सभासदस्य दधिराम न्यौपानेले उद्घाटन गर्दै युवाहरुमा खेलकुद मार्फत स्वास्थ्य र समाजको लागि एकबद्ध हुन आग्रह गरेका थिए। न्यौपानेले सामाजिक कार्यमा अग्रसर यस क्षेत्रकै लोकप्रिय क्लबले युवाको माझमा अझ लोकप्रिय कार्य गर्दै समाज र युवालाई खेलकुद मार्फत जोडेको प्रति आभार ब्यक्त गरेका छन्।
कार्यक्रममा नेकपा तिलोत्तमा नगर कमिटिका अध्यक्ष मोहन चापागाई, तिनपा वडा नं १ का अध्यक्ष तामनाथ पाण्डे, शिवनगर सामुदायिक वनका अध्यक्ष उमानन्द कंडेल, क्लबका अध्यक्ष दिपेश कंडेल, सचिव सागर भट्टराईले खेलमार्फत युवाहरुलाई संगठित र सामाजिक कार्यमा अग्रसर गराउन सकिने बताए ।यसैबिच शुक्रबार भएको उद्घाटन खेलमा सन्तोष भट्टराई र सुदिप ज्ञवालीको जोडीले खिमानन्द भट्टराई र दिपक ज्ञवालीको जोडीलाई २–१ को सोझो सेटमा पराजित गरेको हो । प्रतियोगितामा ६३ वटा टिमले भाग लिएको संयोजक प्रेम कुमार केसीले बताए । शुक्रबार दोस्रो इनिंग सम्पन्न भएको छ भने खेलको चौथो इनिंग र फाइनल खेल शनिबार हुने आयोजकले बताएको छ।
कमेन्ट गर्नुहोस्