
प्रकाश गौतम
पौष २३ , २०७७, तिलोत्तमा । परिचित बचत तथा ऋण सहकारी संस्था लि तिलोत्तमा १२ प्रगतिनगरको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जिवन दान भन्ने मुल नाराका साथ सस्थाले १३ औ पटक रक्तदान कार्यक्रम आयोजना गरेकोे हो । कार्यक्रममा बोल्दै तिलोत्तमा वडा न १२ का वडा सदस्य हरी गौतमले रक्तदान मन्दिर गएर गरिने दान भन्दा ठुलो दान भएको बताउनु भयो ।
उहाले परिचित सहकारीले नियमीत रुपमा रक्तदान कार्यक्रम आयोजना गरिरहेको भन्दै यो सामाजिक कार्यका लागी धन्यबाद दिनु भयो । कार्यक्रममा सहकारीका पुर्व अध्यक्ष यादव प्र अर्याल , ब्यबस्थापक मेनुका थापा क्षेत्री लगायतले रक्तदानको महत्वको बारेमा आफ्ना भनाइ राख्नु भएको थियो । संस्थाका अध्यक्ष चित्र बोहोराको अध्यक्षतामा भएको कार्यक्रममा ४८ जनाले रक्तदान गर्नु भएको थियो । रक्त संचार केन्द्र भैरहवाको प्रबिधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो ।
कमेन्ट गर्नुहोस्