
दाङ -२०७७ पौष १९। प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइतबार भएको फाइनलमा साविकको विजेता समेत रहेको विभागीय टोली एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले पहिलोपटक उपाधि उचालेको छ ।प्रदेश १ ले दिएको १०६ रनको लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो । प्रदेश १ का लागि कप्तान रुविना क्षेत्री र अलिशा खडियाले २-२ विकेट लिनुभयो भने संगिता राईले १ विकेट लिनुभएको थियो भने एपीएफका लागि ममता चौधरीले सर्वाधिक ३४ रनको योगदान गर्नुभयो भने करुणा भण्डारीले २६ रन बनाइन् । यस्तै ओपनर ब्याटरले १४ रनको योगदान दिँदा अन्य खेलाडीले उल्लेख्य योगदान गर्न नसक्दा जितको नजिक पुगेर पनि एपीएफ निराश हुन पुग्यो ।
त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १०५ रन बनाएको थियो । ओपनर ब्याटरद्वय अप्सरी बेगम र कप्तान रुविना क्षेत्रीले सानदार सुरुवात दिलाउनुभएको थियो । दुबैले ५८ रनको ओपनिङ साझेदारी गरेका थिए । १२.४ ओभरमा पहिलो विकेटका रुपमा आउट हुन् पुगेकी रुविनाले ३२ बलको सामना गर्दै १८ रनको योगदान गर्नुभयो।
रुविना आउट भएपछि अप्सरी पनि सोही ओभरको अन्तिम बलमा आउट हुन् पुगेको हो । आक्रमक शैलिमा ब्याटिङ गर्न रुचाउने अप्सरीले ४५ बलको सामना गर्दै ५ चौकासहित ३४ रनको योगदान दिनुभयो।काजल श्रेष्ठले अविजित रहदै २९ रन बनाउनुभएको थियो
बलिङतर्फ एपीएफका लागि कप्तान सिता राना मगरले ३ विकेट हात पार्नुभयो । करुणा भण्डारीले १ विकेट लिनुभएको हो।उपाधिसँगै प्रदेश १ ले नगद पाँच लाख प्राप्त गर्दा उप- विजेता बनेको एपीएफले तीन लाख प्राप्त गरेको छ ।
कमेन्ट गर्नुहोस्