लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राष्ट्रिय क्रिकेट टिमको जर्सी एड प्याडले प्रायोजन गर्ने

IMG

पौष १७, २०७७, तिलोत्तमा । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय पुरुष क्रिकेट टिमको जर्सीको प्रायोजनको अधिकार एड प्याडलाई बिक्री गरेको छ । एएनएस ग्रुप अफ कम्पनिज अन्तर्गत रहेको एड प्याडले राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजनका लागि अधिकार पाएको हो ।जर्सी प्रायोजन सम्बन्धि उक्त सम्झौतामा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र एड प्याडका अध्यक्ष सुदिप थापाले सोमबार हस्ताक्षर गरेका छन् । सम्झौता १५ महिनाको लागि रहेन क्यानले जनाएको छ । एड प्याड मिडिया मार्केटिङ कम्पनी हो र उसले स्पोनसर सिप र बिक्री गर्ने सम्बन्धि काम गर्नेछ ।


सम्झौतापछि अब राष्ट्रिय क्रिकेट टिमको जर्सीमा प्रायोजन खोज्ने र बिक्री गर्ने अधिकार एड प्याडले पाएको छ । क्यान आईसीसीको निलम्बनमा परेदेखि राष्ट्रिय टिम प्रायोजक विहीन थियो ।जर्सी प्रायोजनको अधिकार बेचेपछि यसले क्यानलाई केही राहत मिलेको क्यानले जनाएको छ । एड प्याडले अब १५ महिनासम्म राष्ट्रिय टिमले प्रतियोगिताका बेला खेल्ने, प्रशिक्षण र टुर खेल्न जाँदा लगाउने जर्सीका लागि प्रायोजन खोज्नेछ ।


सम्झौतापछि क्यानका अध्यक्ष चतुर बहादुर चन्दले २५ वर्षको अनुभव भएको एएनएस ग्रुपसँग सहकार्य गर्न पाउनु क्यानको लागि उत्कृष्ट दिन रहेको बताए । ‘यस सहकार्यले सकरात्मक सन्देश दिएको छ र क्यान ट्रयाकमा फर्किएको र व्यवसायको लागि खुला भएको छ ।’ चन्दले यस सहकार्यबाट फण्ड मात्र संकलन हुने नभई क्रिकेटको प्रबर्धनमा पनि सहयोग पुग्ने बताए ।यस्तै एड प्याडका अध्यक्ष सुदिप थापाले क्यानसँग सहकार्य गर्दै राष्ट्रिय क्रिकेट टिमसँग काम गर्ने अवसर पाउँदा खुशी व्यक्त गरे । उनले यो व्यावसायिक यात्रा मात्र नभई क्रिकेट विकासमा सहयोग पुर्याउने पनि बताए ।

कमेन्ट गर्नुहोस्