लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सवा करोडमा तुइनको रुप फेरियो बन्यो साहसिक खेल ‘जिप लाइन’

IMG
१ पुस, बुटवल । तपाइलाइ अचम्म लाग्न सक्छ ! तुइन चढेर डाडापाखा शयर गर्दा मज्जाको अनुभव हुन्छ भनेर ? त्यसो त नेपाल सरकारका प्रधानमन्त्री केपी ओलीले देशका ग्रामिण भूभागमा र बढी जसो पहाडी क्षेत्रमा तुइन हटाउदै गएको कुरा तपाइलाइ थाहा नै छ ! तर त्यहि तुइन लाइ साहसिक खेलका रुपमा परिणत गर्दा  पर्यटकिय क्षेत्रमा पर्यटक आउलान ? बुटवलको पर्यटकीय स्थल हिलपार्कमा साहसिक खेल ‘जिप लाइन’ सुरु भएको छ । आन्तरिक र वाह्य पर्यटकहरुलाई लक्षित गरी बुटवलको हिलपार्कबाट चाँदबारी डाँडासम्म जिप लाइन सञ्चालनमा ल्याइएको हो ।स्थानीय लक्ष्मी आदर्श सामुदायिक वन उपभोक्ता समूहसँग सहकार्य गरी सार्वजनिक निजी साझेदारी (पीपीपी मोडेलमा) वाइल्ड बन्डर्स नेपाल प्रालिले लुम्बिनी प्रदेशमै पहिलोपटक यो साहसिक खेल सञ्चालनमा ल्याएको हो ।

लामो समय फुटबल खेलमा बिताएका फुटबल संघ रुपन्देहीका पूर्व अध्यक्ष हरिप्रसाद श्रेष्ठको पहलमा सामुदायिक वन क्षेत्रमा रहेको आकर्षक पर्यटकीय स्थल हिलपार्कमा जिप लाइन सञ्चालनमा ल्याइएको लक्ष्मी आदर्श सामुदायिक वनका अध्यक्ष यमबहादुर थापाले बताए । थापाका अनुसार सञ्चालनमा आएको जिप लाइन दुईतर्फी गरी १४ सय मिटर दुरी रहेको छ ।करिब सवा करोड लागतको गुरुयोजना अनुसार जिप लाइन परियोजनाको बाँकी काम भइरहेको सञ्चालक हरिप्रसाद श्रेष्ठले बताए । दुवै डाँडामा रुखमा नै आकर्षक ढंगले मचाङ बनाइएको छ ।विशेष प्रकारको तार (जिप लाइन) मा झुण्डिएर पर्यटकले बुटवल शहरको दृश्यावलोकन गर्न सक्नेछन् । परियोजना अन्तर्गत लक्ष्मीनगर र हिलपार्कमा चिल्ड्रेन पार्क, चमेना गृह निमार्णको समेत तयारी छ ।वनलाई नबिगारी साहसिक खेल भित्र्याउने काम गरिएको वन उपभोक्ता समूहका अध्यक्ष थापाले बताए ।


सस्तो मूल्यमा साहसिक खेलको अनुभव लिन सकिने उनले बताए ।उद्घाटनको अवसरमा केही समयका लागि १ हजार ५ सय रुपैयाँमा दुईतर्फी यात्रा गर्न सकिने थापाले बताए । हाल वन उपभोक्ता मध्येकै सातजनाले रोजगारी पाएका र गुरुयोजना अनुसार पुर्वाधार पूरा हुँदा २० जना बढीले रोजगारी पाउने छन् । जिप लाइनमा खेल्ने पर्यटकको सात लाख रुपैयाँको बिमा गरिएको छ ।
                                                                

कमेन्ट गर्नुहोस्