लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देवदह मेडिकल कलेजमा तिलोत्तमाकि सुत्केरीको अवस्थाबारे परिवार असन्तुस्ट

IMG

२० मंसिर, तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड नम्बर १० कि स्थायी बासिन्दा ३१ बर्षीय राधा थारुको अवस्था सार्बजनिक गर्न परिवारले आग्रह गरेको ।  गत मङ्सिर १७ गते गर्भवती महिला राधालाई भर्ना गरेपछि ३ दिनसम्म पनि अवस्था सार्बजनिक नगरेको प्रति परिवार स्रोत असन्तुस्ट बनेको हो। बिहिबार बच्चा अपरेसन गरि निकालेको भएपनि त्यसपछि आमाको अवस्था सार्बजनिक नगरेको र भेट्न पनि नदिई अस्पतालले बिरामी र उअसको परिवार प्रति लापरबाही गरेको सुत्केरी महिलाकी पति हिरालाल थारुले बताए। ३ /३ दिनसम्म सुकेरिको अवस्था बारे केहि जानकारी नदिएकोले प्रहरीलाई समेत खबर गरेका उनले प्रहरीले सोध्दा आइसियुमा उपचार भैरहेको जानकारी पाएका थिए।  


तर पनि देख्न र अवस्था थाहा पाउन नपाउदा त्यो कुरामा आफु बिश्वस्त नभएको थारुको भानाइ छ।  अस्पताल स्रोतमा बुझ्दा समेत खासै निचोड जवाफ नआएको भन्दै थारुले अब आफुलाई अवस्थाबारे मरेको ज्युदो छिटो भन्दा छिटो बताउनुपर्ने बताए। यसबारेमा अस्पतालका सुपरिटेण्डेण्ट डा बिक्रम ज्ञवालीसंग सोध्दा सुत्केरीलाई रक्ताश्राब नरोकिएर आइसीयुमा उपचार भैरहेको र उच्च रक्ताश्राबले गर्दा पाठेघर समेत फाल्नु परेकोले केहि समय लाग्ने बताएका छन्। सुत्केरी भैसकेपछि पनि २४ घण्टा भित्र रक्ताश्राब हुनसक्ने भने अस्पाताल राखिएकोमा अन्तत शराब नरोकिएपछि  आइसियुमा भर्ना गरि राखिएको डा ज्ञवालीले बताए।  यसबारेमा भने पारिवारिक श्रोतले जवाफ मागिरहेको छ। शनिबार पारीवार र अस्पताल प्रशासन बीच बार्ता भएको जानकारीमा आएको छ।  

कमेन्ट गर्नुहोस्