लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा स्वयम्सेविकालाई सम्मान गर्दै मनाइयो, १७ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेबिका दिवस

IMG

२० मंसिर, तिलोत्तमा । १७ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेबिका दिवसको अवसरमा तिलोत्तमा नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि निश्वार्थ समाजको सेवा गर्ने स्वयम् सेविका हरुलाई सम्मान गर्दै मनाएको छ। सो कार्यक्रममा नगरपालिकाका कार्यबाहक नगरप्रमुख जगेश्वोरदेबि चौधरीले निस्वार्थभाबले स्वास्थ्यको क्षेत्रमा काम गर्ने  स्वयंसेविकाहरुलाई नगरपालिकाको तर्फबाट उचित मुल्यांकन गर्ने भन्दै आबश्यक सेवा सुबिधा थप गर्न सधैं सकारात्मक रहेको स्पस्ट पार्नुभयो।  सबै स्वयम्सेविकाहरुको मुक्तकंठाले प्रशंशा गर्दै नगरप्रमुख चौधरिले समाजमा अझ थप उत्कृष्ट काम गर्न अनुरोध गर्दै सबैमा शुभकामना ब्यक्त गर्नुभएको छ । कार्यक्रममा नगर प्रबक्ता सुरेन्द्र श्री, स्वास्थ्य शाखा प्रमुख मोतीप्रसाद पौडेल, शाखा अधिकृत इश्वरी पौडेल,शाखा अधिकृत गणेश गौतम,  तिलोत्तमा नगरका विभिन्न स्वास्थ्य चौकीका प्रमुखहरु, तथा यस क्षेत्रमा कार्यरत स्वयंसेबिकाहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्