लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कालोझण्डा देखाइएको प्रति नेकपा रुपन्देहीको आपत्ति

IMG

तिलोत्तमा २०७७ मङ्सिर १०। नेकपाका महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेललाई नेपाली काग्रेस रूपन्देहीले बुटवलमा कालोझण्डा देखाएकोमा नेकपा रूपन्देहीले गंभीर आपत्ती प्रकट गरेको छ।


शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न पाउने अधिकार प्राप्ति र संरक्षणको लडाई संगसंगै लडेको स्मरण गराउदै जिल्लाका बिकाश आयोजनाहरूको उद्घाटन,सिलान्यास र अनुगमनको सिलसिलामा रहनु भएका अर्थमन्त्रीको बिरोध गरेर कांग्रसले आफुलाई यी सबै विकास प्रयासहरूको बिपक्षमा खडा गर्न चाहेको त होईन? गंभीर प्रश्न खडा भएको नेकपा रुपन्देहीले बताएको छ।यस सन्दर्भमा हामी नेपाली कांग्रेसलाई आफ्नो धारणा स्पष्ट गर्न आग्रह गर्दछौ। जिल्ला प्रचार विभाग प्रमुख मोहन चापागाइँले पार्टीले यस घटनालाई गम्भीरतापूर्वक लिएको बताउनुभयो । 

कमेन्ट गर्नुहोस्