लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ओलीको चलाख रणनीति : सचिवालय बैठककै समयमा मन्त्रिपरिषद् बैठक

IMG

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठकका लागि ताेकिएकै समयमा मन्त्रिपरिषद् बैठक राख्ने भएका छन्।प्रधानमन्त्री ओलीले आज (बुधबार) दिउँसो १ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।गत कात्तिक २८ गते बसेको नेकपा सचिवालय बैठकले आजै दिउँसो १ बजे अर्काे बैठक राख्ने निर्णय गरेको छ।‘नियमित बैठक (मन्त्रिपरिषदको) सोमबार र बिहीबार हुने हो तर आजै दिउँसो १ बजेका लागि बोलाइएको जानकारी आएको छ,’ एक मन्त्रीले भने। प्रधानमन्त्री ओलीले यसअघिदेखि नै आजका लागि तोकिएको सचिवायल बैठक सार्नुपर्ने अडान लिइरहेका छन्।


पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकहाँ महासचिव विष्णु पौडेललाई पठाएर ओलीले आफूविरुद्धको प्रस्ताव फिर्ता लिन र बुधबारको बैठक सार्न आग्रह गरेका थिए।तर प्रचण्डले सचिवालय बैठक बुधबार नै राख्नुपर्ने अडान दोहोर्‍याएका थिए।त्यसलगत्तै सरकारी निवास (बालुवाटार) मा बसेको प्रधानमन्त्री ओली निकट नेताहरूको बैठकले सचिवालय बैठक तत्काल बस्न नहुने निष्कर्ष निकालेको थियो।

कमेन्ट गर्नुहोस्