लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेवार समुदायले मनाए नयाँ वर्ष ११४१,राष्ट्रिय विभुति शंखधर साख्वाको शालिकमा माल्यार्पण

tillotmacitynews - 2020 Nov 15 09:52 PM
IMG

बुटवल,कार्तिक ३०-बुटवलका नेवार समुदायले नयाँ बर्ष (नेपाल सम्वत)काे अवसरमा शुभकामना आदान-प्रदान गरेका छन् ।कोभिड १९ को विषम परिस्थतीलाई मध्यनजर गर्दै यस वर्ष नेवार समुदायहरुले  नया वर्ष नेपाल सम्वत ११४१ बुटवलका विभिन्न गुठिहरु जुटेर शुभकामना आदानप्रदान गरि मनाईएका हुन । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले ट्राफिक चोकमा रहेको राष्ट्रिय विभुति शंखधर साख्वाको शालिकमा माल्यापर्ण गर्दै उद्घाटन गरेका थिए ।ऐतिहासिक, सामाजिक, सास्कृतिक महत्व रहेको छ । नेवार समुदायको मात्र नभई सम्पुर्ण नेपालीको विभुति भएको उनले दाबी गरे । सडक विस्तारका क्रममा विभुति पार्क निर्माण गरि नगरका सबै विभुतिहरुको प्रतिमालाई ब्यवस्थित गरिने उनले बताए ।


जातिय, भाषिक विविधता रहेको हाम्रो देशमा एकताबाट नेपाल बनेको छ । साख्वाले तत्कालिन समयमा आफ्नो सम्पत्तिबाट समाजका रहेका ब्यक्तिहरुको रिन मुक्त गराउन सफल भएका थिए । जसकारण पनि उनी एउटा विभुतिका रुपमा सम्मान गरिएको बताए।नेवा पुच नेवा विकास समितिका अध्यक्ष काजिमान श्रेष्ठले कोभिड १९ का कारण स्व बचावलाई मध्येनजर गरि सामान्य रुपमा कार्यक्रम गरिएको बताए ।रोग डरलाग्दो भन्दा पनि यसको ब्यवस्थापन गारो विषय भएको उनले बताए ।


नेपाल र नेपाली राष्ट्रिय चिनाउने रुपमा साख्वाको महत्व रहेको बताए।नेवा समाज अर्घाखाची रुपन्देहीका अध्यक्ष बाबुराम श्रेष्ठ, नेवा सेवा समितिका सल्लाहकार रामेश्वर श्रेष्ठ, तामनगर नेवा पुचका अध्यक्ष दिपक श्रेष्ठ, भिमसेन नेवा समाजका अध्यक्ष लिला प्रसाद श्रेष्ठ, नेवा सेवा समिति कालिकानगरका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, निवर्तमान अध्यक्ष ज्ञानु लिगल, सचिव लक्ष्मी श्रेष्ठ, उपाध्यक्ष तथा कार्यक्रम संयोजक रबिन्द्र कक्षपतिले साख्वालाई साझा बनाउन सुझाव दिए । कार्यक्रममा तिलोत्तमा मैजु खलका संयोजनमा कुमारी तयार गरिएको थियो ।

कमेन्ट गर्नुहोस्