लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

परिवर्तन भन्दा स्थायित्व आवश्यकता : मुख्यमन्त्री

tillotmacitynews - 2020 Nov 15 09:30 PM
IMG

२०७७ कार्तिक ३० तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अहिले देशमा आवश्यकता परिर्वतन नभइ स्थायित्व भएको बताए । आइतबार दाङको तुलसीपुर ४ गणेशपुरमा रहेका शान्ति उद्यान पार्कमा बुद्धको मूर्तिको अनावरण कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले ९र१० महिनामा सरकार फेर्न बानी लागेका नेताहरुलाई अहिले सरकार फेर्न मन लागेको समेत बताए । उनले सरकार फेरेपछि केही पाइन्छ, की भनरे सरकार फेर्न लागेको इंगित गरे । त्यस्तै उनले सरकार बदल्ने जनताको हितसँगको कुरा नभएको बताए ।


‘यो देशमा धेरै सरकारहरु बदलिए । सरकार बदलिनु जनताको हितसंगको कुरा हो । नत राष्ट्रको हितसंगको कुरा,’ उनले भन्ने,‘ अहिलेको आवश्यकता भनेको राजनितिक स्थायित्वको आवश्यकता हो । देशमा विकास र समृद्धिकोे योजनावद्ध पहलको आवश्यकता हो ।’ त्यसैगरी मुख्यमन्त्री पोख्रेलले देशमा संविधान जारी भएपछि ३ बर्षमा धेरै प्रगित भएको भन्दै राम्रो गरिरहेको अवस्थामा यो पनि भएन, त्यो पनि भएन, भन्ने कुराले अस्थिरतामा खेल्न चाहानेहरुको खेल भएको उनले आरोप लगाए । ‘ नेपाली जनना स्थायित्वको पक्षमा छन् । अहिले देशमा विगतका तुलनमा धेरै प्रगतिहरु छन् । अझ धेरै राम्रो गर्नु पर्ने छ । त्यसको लागी सबै साझेदार बन्नु पर्दछ,’ उनले भन्ने,‘ देश बनाउने काम सरकारको मात्रै हो भनेर छोड्ने काम नगरौँ । सबै ठाउँका जनताहरुले हाम्रो काम भनेर गरेपछि त्यहाँ सरकार जोडिने र देशको विकास हुन्छ ।’


त्यसैगरी उनले प्रदेश सरकारले कोरोना भाइरसका विरुद्धमा रामै काम गरिरहेको समेत दावि गरे । ‘शुरुमा प्रदेशमा कोरोना विरुद्धको लडाइका लागी लड्न संरचनाहरु शुन्य थियो । एउटा परीक्षण गर्न काठमाडौं पठाउनु पर्ने बाध्यता थियो । अहिले प्रदेशमा दैनिक ९र१० वटा प्रयोगशालाबाट परीक्षण भइरहेको छ,’उनले भन्ने,‘ काठमाडौँ उपत्यकापछि सबै भन्दा बढि प्रयोगशाला भएको प्रदेश लुम्बिनी हो । लुम्बिनी प्रदेश स्वास्थ्य सुरक्षाको दृष्टिले धेरै बलियो ठाउँ होइन् । तर हामीले यहाँ जनताको स्वास्थ्य सुरक्षामा ध्यान दिएका छौँ ।’ साथै उनले लुम्बिनी प्रदेशमा अहिलेसम्म भेन्टीलेटरको अभाव नभएको समेत बताए।

कमेन्ट गर्नुहोस्