लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

खुल्ला भलिवल प्रतियोगिताकाे उपाधी संयुक्त युवा क्लवलाई

IMG

बुटवल ,  कात्तिक २८ । शुभ दिपावली  तथा  छठ पर्वकाे अवसरमा संयुक्त युवा क्लव बुटवल ११ हात्तीसुडकाे आयाेजनामा भएको खुला भलिवल प्रतियोगितामामा आयोजकले नै उपाधि हात पारेकाे छ । १६ वटा टिमबाट फाईनलमा पुगेका विजेता टिम र उप बिजेता ब्रेभ गाेर्खा युवा क्लव बिच निकै प्रतिस्पर्धात्मक खेल भएकाे थियाे । बेष्ट अफ् पाँच अन्तरगत खेलाईएकाे फाइनल खेलमा संयुक्त युवा क्लवले पाँचै सेटमा राम्रो प्रदर्शन गरि तीन सेटमा बिजय भएपछि उपाधि कब्जा गर्न सफल भएकाे खेल संयाेजक राजन थापाले जानकारी दिनुभयाे । प्रतियोगितामा बिजेता टिमले २०हजार सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेकाे  छ भने उपबिजेता टिमले १० हजार नगद,  शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ।


यस्तै खेलमा प्रकृति युवा क्लव मुढावास तेश्राे भई सान्त्वना स्वरूप ५५ सय नगद, शिल्ड,मेडल र प्रमाणपत्र  प्राप्त गरेकेा छ । आज भएको फाइनल भलिबल प्रतियोगितामा संयुक्त युवा क्लवका सुरेन्द्र गुरहू सर्वाेत्कृष्ट खेलाडी हुन सफल भएका छन्  भने संयुक्त युवा क्लवकै लालु चाैधरीले उत्कृट स्ट्राइकर र मिलन कुमार चाैधरी अनुशासित खेलाडीकाे रूपमा पुरस्कार पाएका छन् । यस्तै उत्कृष्ट सटरतर्फ ब्रेभ गर्खा युवा क्लवका बादल हमाल र क्लवकै हिमाल चन्द ठकुरी उत्कृष्ट बलकरकाे पुरस्कार हात पार्न सफल भएका छन् ।


कार्यक्रमका प्रमुख अतिथि प्रकाश चाैधरीले समय समयमा गरिने यस्ता प्रतियाेगिताले खेल क्षेत्रमा ठुलाे याेगदान पुर्याउने बताउनुभयाे । क्लवका अध्यक्ष मोतिलाल बुढामगरले क्लवले विभिन्न समयमा यस्ता खालका कार्यक्रमहरू निरन्तर गर्दै जाने र युवा हरुलाई स्वास्थ्य स्फूर्ति र खेल प्रगतिका लागि क्लबले सधै सहयोगी भावनाको बिकाश गर्ने बताउनु भयाे ।

कमेन्ट गर्नुहोस्