लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सहायक क्याम्पस प्रमुख डा.पौडलेको दुर्घटनामा निधन

IMG

तिलोत्तमा,कार्तिक २३ । बुटवल बहुमुखी क्यापसका सह प्रध्यापक डा.शिव पौडेलको दुर्घटनामा परी निधन भएको छ ।तिलोत्तमा नगरपालिका वडा नं १ का स्थायी बासिन्दा पौडेलको स्कुटर सिक्नेक्रममा दुर्घटनामा परी निधन भएको पारिवारिक श्रोतले बताएको छ ।एकमहिना अघि बुटवल बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुखको जिम्मेवारी पाएका पौडेल २२ बर्ष अघि देखि बुटवल बहुमुखी क्याम्पसका पढाउदै आएका थिए ।

बिहान करीव ७ः३० बजे तिर घर अगाडीको सडकमा स्कुटर सिक्दै गर्दा घरकै कम्पाउण्ड पर्खालमा ठोकिएका पौडेल गम्भिर घाईते भएपछि मणिग्राम स्थीत क्रिमसन अस्पतालमा लगिएको थियो ।उपचारका लागि अस्पताल पु¥याईएको भएपनि उनको उपचार सूरु हुन नपाउदै निधन भएको अस्पताल श्रोतले जनाएको छ ।उनी नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) लुम्बिनी प्रदेश बिभाग सदस्य समेत हुन् ।

कमेन्ट गर्नुहोस्