लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दानव नदिमा डुबेर १५ महिनाका बालकको मृत्यु

tillotmacitynews - 2020 Nov 04 09:03 PM
IMG

२०७७ कार्तिक १९ 

बुटवल । रुपन्देहीमा दानव नदिमा डुबेर एक बालकको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१३ बेलबासका रेशम बुढा मगरका १५ महिनाका छोरा संगित बुढा मगरको बुधबार दानव नदीमा डुबेर मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीका अनुसार बालक दानव नदिको पानीमा घोप्टो अचेत अवस्थामा फेला परेका थिए । उनको उपचारको क्रममा लुम्विनी नर्सिङहोम बुटवलमा बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्