लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शंकरनगर खानेपानीको अध्यक्षमा झबिन्द्र निर्बाचित

IMG

शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था तिलोत्तमा-२ रुपन्देहीको  निर्वाचनवाट अध्यक्ष पदमा झबिन्द्र भण्डारी निर्वाचित भएका छन्। करिव एक महिना अगाडिबाट पार्षद हुदै कार्यसमितिको निर्बाचन प्रक्रिया थालिएको थियो।  सस्थाको उपाध्यक्षमा दिलवहादुर भट्टराई, सचिव कमला ज्ञवाली, कोषाध्यक्षमा मित्रलाल न्यौपाने सहितलेखा समिति संयोजक भरत प्रसाद भुसाल,सदस्यमा क्रमशः विमला सारु बगाले र कुल बहादुर भण्डारी , कार्यसमिति सदस्य हरुमा क्षेत्र नम्बर- १ बाट तारापति ज्ञवाली,क्षेत्र नम्बर- २ बाट खिल बहादुर पौडेल, क्षेत्र नम्बर -३ बाट भीमलाल पौडेल,क्षेत्र नम्बर- ४ बाट रेणुका खरेल,क्षेत्र नम्बर -५ बाट रचना सिंह ठकुरी, क्षेत्र नम्बर -६ बाट कृष्ण बहादुर क्षेत्री,क्षेत्र नम्बर- ७ बाट डोलराज भण्डारी,क्षेत्र नम्बर- ८ बाट चन्द्रकान्त खनाल लगायतका रहेका छन्।  

कमेन्ट गर्नुहोस्