
यस सिजनकै पहिलो एल क्लासिको भिडन्त शनिबार हुँदैछ।ला लिगामा बार्सिलोना र रियल मड्रिडबीच प्रतिस्पर्धा हुन लागेको हो।खेल आज राति नेपाली समयअनुसार ७ बजेर ४५ मिनेटमा बार्साको घरेलु मैदानमा हुनेछ।ला लिगामा हालसम्मको अंक तालिका अनुसार ५ खेलमा १० अंक बटुलेको रियल मड्रिड लिगको तेस्रो स्थानमा छ।चार खेलबाट ७ अंक भएको बार्सिलोना लिगको दशौं स्थानमा छ। दुवै टोलीले हालसम्म एक–एक खेलमा पराजय व्यहोरेको छ।
एल क्लासिकोमा सर्वाधिक गोलकर्ता लियोनल मेस्सी हुन्। मेस्सीले बार्सिलोनाबाट २६ गोल गरेका छन्।यस प्रतियोगितामा धेरैपटक खेल खेल्ने खेलाडी सर्जियो रामोस हुन्। उनले रियल मड्रिडबाट ४४ खेल खेलिसकेका छन्। हाल उनी मड्रिडका कप्तान हुन्।
कमेन्ट गर्नुहोस्