
तिलोत्तमा, कार्तिक ६ गते २०७७। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले सहज जित हासिल गरेको छ । गएराति अबुधाबीमा कोलकाता नाइटराइडर्सलाई आठ विकेटले हराउँदै बैंगलोर दोस्रो स्थानमा उक्लिएको छ ।पहिले टस जितेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८४ रन बनाएको थियो ।८५ रनको सहज लक्ष्य बैंग्लोरले दुई विकेट गुमाउँदै हासिल गर्यो ।बैंगलोरका देवदत्त पडिक्कल र आरोन फिन्चले पहिलो विकेटका लागि ४६ रन साझेदारी गरे । देवदत्त १७ बलमा २५ रन बनाएर आउट भए । फिन्चले १६ रन जोडे । त्यसपछि बैंगलोरका कप्तान विराट कोहलीले नटआउट १८ र गुरकिरत सिंहले नटआउट २१ रन थपे । यससँगै बैंगलोरले १३.३ ओभरमा आठ विकेटको सहज जित हासिल गर्यो ।
कोलकाताका फर्ग्युसनले १७ रन खर्चेर दुई विकेट लिए ।यो जितसँगै बैंगलोर १४ अंक सहित तालिकाको दोस्रो स्थानमा पुगेको छ । कोलकाता भने १० अंकसहित चौथो स्थानमा छ ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताको प्रदर्शन खराब रह्यो । शुभम गिल र राहुल त्रिपाठी १–१ रनमा आउट भए । नितिश रानाले खाता नै खोल्न सकेनन् ।टम ब्यानटन १० र दिनेश कार्तिक ४ रनमा आउट हुँदा इयान मोर्गनले ३० रन जोडे । फर्ग्युसन १९ रनमा नटआउट रहे ।बलिङततर्फ मोहम्मद सिराजले ३ विकेट लिए । सिराज म्यान अफ द म्याच भए । यसैगरी युजवेन्द्र चहलले २ तथा नवदीप सैनी र वाशिङ्गटन सुन्दरले एक–एक विकेट झारे ।
कमेन्ट गर्नुहोस्