लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु

IMG

२०७७ कार्तिक २ तिलोत्तमा । बुटवलको कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–८ का ४९ वर्षीय पुरुष रहेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।


ती पुरुष असोज १ गते लुम्बिनी प्रादेशिक अस्पतालद्वारा संचालित कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका थिए । उनको शनिबार साँझ मृत्यु भएको सूचना अधिकारी गौतमले जानकारी दिए । ती पुरुषमा ज्वरो र स्वासप्रश्वासमा समस्या रहेको अस्पताल प्रशासनले जनाएको छ ।

कमेन्ट गर्नुहोस्