लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा करेन्ट लागेर एकजनाको मृत्यु

IMG

२७ असोज, बुटवल । रुपन्देहीमा करेन्ट लागेर मंगलबार एकजनाको मृत्यु् भएको छ । मृत्यु  हुनेमा सियारी गाउँपालिका-१ स्थित नागथानका ४० वर्षीय कृष्णबहादुर केसी रहेका छन् ।


जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी खड्कबहादुर खत्रीका अनुसार नहरको पानी तानेर खेतमा सिँचाइ गर्न विद्युतीय मोटर चलाउने क्रममा उनलाई अचानक करेन्ट लागेर मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी खत्रीले बताए ।

कमेन्ट गर्नुहोस्