लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लकडाउनले समुदमयमा पारेको असर बिषयक अन्तरकृया

tillotmacitynews - 2020 Oct 10 02:17 PM
IMG

थारु पत्रकार संघ रुपन्देहीको आयोजना र थारु कल्याणकारिणी सभा रुपन्देहीको सहयोगमा लकडाउनले समुदमयमा पारेको असर बिषयक अन्तरकृया तथा बिजया दशमी २०७७ को शुभकामना आदान प्रदान कार्यक्रम आज बुटवलमा सम्पन्न गरेको छ । थारु पत्रकार संघ रुपन्देहीका अध्यक्ष राज चौधरीको अध्यक्षता थारु कल्याणकारिणी सभा रुपन्देहीका अध्यक्ष सतिस चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथी चौधरीले थारु समुदाय कृषिमा अधारित भएकाहुनाले लकडाउनले बढी असर पु¥याएको बताउनु भयो ।


उहाँले कोरोना अर्थात कोभिड १९ ले अहिले स्वास्थ्य, शिक्षामा बढि असर पारेको उल्लेख गर्नु भयो । शुभकामना दिदै चौधरिले थारु पत्रकारले कोबिड १९ ले पारेको असरमा पनि समुदायलाई सचेत बनाउन खेलेको भुमिका सह्रानीय रहेको उल्लेख गर्नुभयो । शुभकामनाकै अवसरमा आफु सुरक्षितरहि समुदायबिच सहिसुचना प्रवाह गर्न माक्स र सेनिटाइजर प्रदान गर्नु भएको थियो । थारु पत्रकार संघ रुपन्देहीले समुदायमा फैलिएको कोभिड १९ बाट जोगिन समुदायलाई सचेत गराउन समुदाबिच जान सहजहुने हेतुले अध्यक्ष राज चौधरीले सकृय पत्रकारलाई प्रेस ज्याकेट प्रदान गर्नुभएको हो । कायर्यक्रममा बुद्ध टेलिभिजनका स्टेसन म्यानेजर बिक्रम खड्काले शुभकामनादिदै सरकारले लकडाउन गरेपनि अभिभावको भुमिका खेल्न नसकेको दाबी गर्नु भयो । उहाँले थारु पत्रकारलाइ सहिदिसा निर्देश गर्न थाकसलाई सहयोग गर्नुपर्ने आग्रह गर्नुभएको थियो ।


थारु पत्रकार संघ रुपन्देहीका उपाध्यक्ष अनिता चौधरीको स्वागत, सचिब मन्जित चौधरीको सञ्चालनमा भएको कार्यक्रममा थारु कल्याण कारिणी सभा रुपन्देहीका सचिब सरिता चौधरी, थारु पत्रकार संघ केन्द्रिय सचिब कमल चौधरी, थारु पत्रकार संघ कपिल बस्तुका अध्यक्ष श्याम सिटी, आदिबासि जनजाती पत्रकार संघ फोनिज रुपन्देहीका अध्यक्ष सोनु थापा र नेपाल पत्रका महासंघ रुपन्देहीका सदस्य हिक्मत चौधरी लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो ।


 

कमेन्ट गर्नुहोस्